नेपाल संस्कृत विश्वविद्यालयको विषेश पहलमा प्राचीन धुप घडी निर्माण ।

नेपाल संस्कृत विश्वविद्यालय र तुलसीपुर उप–महानगरपालिकाको संयुक्त प्रयासमा निर्माण गरिएको प्राचीन धुपघडी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलज्यूले प्रदेश एक्स्पो २०७६ को अवसरमा लोकार्पण गर्नु भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव सह–प्राध्यापक माधव अधिकारीज्यूले पूर्खाले आविष्कार गरेको संस्कृत वाङ्मय अन्तर्गतको ज्यौतिष शास्त्रको उपयोग गरी निर्माण गरिएको उक्त धूप घडीले हाम्रो प्राच्य प्रविधिको वारेमा जानकारी गराउने वताउनु भयो । वाल्मीकि विद्यापीठका ज्यौतिष विषयका सह–प्राध्यापक जयन्त आचार्यको पहलमा निर्माण भएको उक्त घडीलाई प्रदेश ५ का मुख्यमन्त्री पोख्रेलज्यूले यस्ता प्राच्य प्रविधिवाट निर्मित घडीलाई सर्व सुलभ वनाउनु पर्ने आवश्यकता औल्याउनु भयो । अहिले निर्माण गरिएका दुई घडी विश्वविद्यालय परिसर र राप्ती शान्ति उद्यानमा राख्ने विश्वविद्यालयका कुलसचिवले वताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *