नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

वाल्मीकि विद्यापीठ (क्याम्पस), काठमाडौं

काठमाडौं महानगरपालिकाअन्तर्गत बागबजारको प्रदर्शनीमार्गमा रहेको वाल्मीकि विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । जङ्गबहादुर राणाले वि.सं. १९३९ सालमा राजराजेश्वरी पाठशाला स्थापना गरेपछि सोही पाठशाला वि.सं. १९४२ सालमा रानीपोखरी पाठशालामा रूपान्तर भएपछि काठमाडौं उपत्यकामा संस्कृत भाषाको पठनपाठन आरम्भ भयो । यहाँ वि.सं. १९९० सालमै भारतको वाराणसीस्थित ‘गभर्नमेन्ट संस्कृत कलेज’ बाट सम्बन्धन लिई संस्कृतमा उच्च तहको अध्ययन हुन थालेको थियो । वि.सं. २००४ सालदेखि संस्कृतका अतिरिक्त आधुनिक विषयको पनि पठनपाठन हुन थाल्यो । वि.सं. २००९ सालमा ‘राजकीय संस्कृत महाविद्यालय’ का नामले परिचित भयो । २०२४ सालमा वाल्मीकि संस्कृत महाविद्यालय र २०३० सालपछि वाल्मीकि विद्यापीठका नाममा रूपान्तरित भएको थियो । २०४३ सालमा नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठका रूपमा स्थापित भयो । २२–१२–३–६ रोपनी जग्गा भएको यस विद्यापीठमा छात्रावास, पुस्तकालय आदिको सुविधा रहेको छ । यस विद्यापीठअन्तर्गत रानीपोखरीमा एकवर्षे शिक्षाशास्त्री कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

वाल्मीकि विद्यापीठ

यस विद्यापीठमा पठन–पाठन हुने विषयहरू यसप्रकार रहेका छन् :

क्र.सं. तह अनिवार्य विषयहरू ऐच्छिक ‘क’ वर्गीय विषयहरू ऐच्छिक ‘ख’ वर्गीय विषयहरू
1 प्राक्शास्त्री अनिवार्य व्याकरण, अनिवार्य संस्कृत भाषा वेद, व्याकरण, न्याय, ज्योतिष  _
2 शास्त्री संस्कृत, अङ्ग्रेजी, नेपाली

ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, व्याकरण, नव्यन्याय, प्राचीनन्याय, साहित्य,

सिद्धान्तज्योतिष, फलितज्योतिष, इतिहासपुराण, पूर्वमीमांसा, शाङ्कर वेदान्त, धर्मशास्त्र, सर्वदर्शन, तन्त्रयोग, बौद्धदर्शन, प्राच्यराजशास्त्र

नेपाली, अङ्ग्रेजी, राजनीतिशास्त्र, अर्थशास्त्र, गणित
3 आचार्य

ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, व्याकरण, नव्यन्याय, प्राचीनन्याय, साहित्य, सिद्धान्तज्योतिष,

फलितज्योतिष, इतिहासपुराण, पूर्वमीमांसा, शाङ्करवेदान्त, धर्मशास्त्र, सर्वदर्शन,

तन्त्रयोग, बौद्धदर्शन, प्राच्यराजशास्त्र

4 शिक्षाशास्त्री कार्यक्रम (एक वर्षे) रानीपोखरी, काठमाडौं शिक्षाको आधार, शिक्षा मनोविज्ञान, शिक्षणाभ्यास

 

 

संस्कृत शिक्षा, नेपाली शिक्षा, सामाजिक अध्ययन शिक्षा,

अङ्ग्रेजी शिक्षा, गणित शिक्षा

विद्यापीठको फोन नम्बरः ०१–४२२७१९३
विद्यापीठको इमेलः infobalmiki@nsu.edu.np