नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

शारदा विद्यापीठ महेन्द्रनगर, कञ्चनपुर

सुदूर पश्चिम प्रदेशको सीमान्त जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका वडानम्बर ४ महेन्द्रनगरमा यस क्षेत्रका अग्रणी शिक्षाप्रेमी, संस्कृत प्रेमी र बुद्धि जीवीहरूको सक्रियतामा वि.सं. २०४८ सालमा यस क्षेत्रकै प्रथम उच्च कोटिको संस्कृत अध्ययन अध्यापन गर्ने शैक्षिक संस्थाका रूपमा शारदा विद्यापीठ स्थापना भएको हो । यस विद्यापीठको स्वामित्वमा नगर विकास समितिले प्रदान गरेको ८ विघा ४ कट्टा जग्गा रहेको छ । प्रारम्भिक चरणमा व्याकरण र साहित्य विषय पठनपाठन भएको थियो । जसमा १६ जना छात्र छात्राहरूबाट सुरुवात भएको थियो । विद्यार्थीको बढ्दो चापलाई दृष्टिगत गरी २०५२ मा छात्रावासको निमार्ण भयो र शै.स २०५५ । ०५६ मा यस विद्यापीठमा शास्त्री तहको पठन-पाठन सञ्चालनमा आएको एवं वि.सं.२०५ ७ साल देखि एक वर्षे बी.एड् तह र वि.सं. २०६९ सालदेखि शास्त्री तहमा फलितज्यौतिष विषयको पठनपाठन समेत भइरहेको कुरा जानकारी गराउँदछौँ । हाल २०८० सालमा यस विद्यापीठमा शास्त्री तहमा २५ तथा एक वर्षे बी. एड् तहमा २९० र प्राक् शास्त्रीतर्फ १२ गरी जम्मा ३२७ छात्रछात्राहरू अध्ययनरत छन् भने ११ जना शिक्षक तथा १२ जना कर्मचारीहरू कार्यरत रहेका छन् ।

क्र.सं. तह अनिवार्य विषयहरू ऐच्छिक ‘क’ वर्गीय विषयहरू ऐच्छिक ‘ख’ वर्गीय विषयहरू
1  प्राक्शास्त्री (संस्कृत भाषा प्रशिक्षण) अनिवार्य व्याकरण, अनिवार्य संस्कृत भाषा, वेद, व्याकरण, न्याय, ज्योतिष
2 शास्त्री संस्कृत, अङ्ग्रेजी, नेपाली साहित्य, नव्यव्याकरण, सिद्धान्तज्योतिष नेपाली, अङ्ग्रेजी
3

शिक्षा शास्त्री (एक वर्षे)

नेपाली, सामाजिक, गणित, अङ्ग्रेजी

   

विद्यापीठको फोन नम्बरः ०९९-५२१०६१
विद्यापीठको इमेलः infosharada@nsu.edu.np