नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

बडादशैँ, शुभदीपावली तथा छठ पर्वको पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न ।

Published on : Oct 05, 2026

बडादशैँ, शुभदीपावली तथा छठ पर्वको पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न ।
बेलझुण्डी, दाङ — २०८३ असोज १९ ।
नेपाल संस्कृत विश्वविद्यालयले नेपालीहरूको महान् पर्व बडादशैँ, शुभदीपावली तथा छठ पर्वको पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।
नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रीय कार्यालय परिसर बेलझुण्डीमा आयोजित उक्त कार्यक्रमको सभापतित्व विश्वविद्यालयका कुलसचिव प्रा.डा.नवराज कट्टेलज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा उपकुलपति प्रा.डा.भीमप्रसाद खतिवडाज्यूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.जगन्नाथ रेग्मीज्यू, विभिन्न अंग तथा निकायका प्रमुखज्यूहरू, महाशाखा तथा शाखा प्रमुखज्यूहरूका साथै केन्द्रीय कार्यालय परिसरमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा उपकुलपति प्रा.डा.भीमप्रसाद खतिवडाज्यूले बडादशैँ, शुभदीपावली तथा छठ पर्वले सम्पूर्ण विश्वविद्यालय परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा आपसी आत्मीयता अभिवृद्धि गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। उहाँले पर्वहरू केवल सांस्कृतिक उत्सव मात्र नभई हाम्रो मौलिक परम्परा, संस्कार र सामाजिक एकताको जीवन्त अभिव्यक्ति भएको उल्लेख गर्नुभयो।
त्यसैगरी, कुलसचिव प्रा.डा.नवराज कट्टेलज्यूले कार्यक्रमको सभापतिका रूपमा सम्पूर्ण विश्वविद्यालय परिवारलाई पर्वहरूको हार्दिक शुभकामना व्यक्त गर्दै विश्वविद्यालयको संस्थागत उन्नयन, आपसी सहकार्य र सद्भावलाई अझ सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
शुभकामना आदान–प्रदानसँगै सम्पन्न उक्त कार्यक्रमले विश्वविद्यालय परिवारबीचको आत्मीयता, सहकार्य र पारस्परिक सद्भावलाई थप प्रगाढ बनाएको थियो।
नेपाल संस्कृत विश्वविद्यालय परिवार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादशैँ, शुभदीपावली तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ।