नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको प्रायोजनमा ने.सं.वि. वेलझुण्डी दाङमा मिति २०८२।०३।१४ गते देखि त्रिदिवसीय अन्तराष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ । उत्त गोष्ठीको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीज्यूले गर्नु भएको थियो । ने.सं.वि. अनुसन्धान केन्द्रका अध्यक्ष प्रा.डा. सुधनकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ने.सं.वि.का उपकुलपति प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज केसी, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.ध्रुव गौतम, लुम्विनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारी, दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकारा खड्का, लगाएत नेपालमा रहेका विश्वविद्यालयका साथै भारतमा रहेका विभिन्न विश्वविद्यालयहरुका विज्ञ व्यक्तिहरुको उपस्थिति थियो ।