नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

नेपाल संस्कृत विश्वविद्यालय तथा राष्ट्रिय वाणिज्य बैंकका बिच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

Published on : May 10, 2023

नेपाल संस्कृत विश्वविद्यालय तथा राष्ट्रिय वाणिज्य बैंकका बिच ने.सं.वि. अन्तर्गतका सम्पुर्ण आंगिक बिद्यापिठ तथा निकायहरुमा कार्यरत शिक्षक कर्मचारीहरुका लागि तलबी खाता तथा पेशाकर्मी सरल कर्जा सहकार्य सम्बन्धी समझदारी पत्रमा मिति २०८०।०१।२५ गते हस्ताक्षर कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा विश्वविद्यालयका तर्फवाट उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेज्यू, शिक्षाध्यक्ष प्रा.डा. भिम खतिवडाज्यू र कुलसचिव माधव अधिकारीज्यू एवम राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रादेशिक प्रमुख गणेश चन्द्र पौडेलज्यू, तुलसीपुर शाखा प्रवन्धक गोपाल आचार्यज्यू तथा वाणिज्य वैंकका अन्य कर्मचारीहरु र ने.सं.वि. केन्द्रिय कार्यालयमा कार्यारत महाशाखा, शाखा प्रमुख, तथा अन्य कर्मचारहिरुको समुपस्थितिमा दुवै पक्ष बिच MOU  भएको थियो ।