Published on :
Jul 23, 2026
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा.भीमप्रसाद खतिवडाज्यू नियुक्त हुनु भएको छ । सम्माननीय प्रधानमन्त्री एवम् नेपाल संस्कृत विश्वविद्यालयका कुलपतिज्यूको मिति २०८३।०३।२४ गतेको निर्णयानुसार प्रा.डा.भीमप्रसाद खतिवडाज्यूलाई नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त गर्नु भएको हो । उहाँलाई २०८३।०४।०७ गते निर्वतमान उपकुलपति प्रा.डा.सुधनकुमार पौडेलज्यूले पदभार ग्रहण गराउनु भएको थियो ।