नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

ने.संं.वि. शिक्षाध्यक्षमा प्रा.डा.जगन्नाथ रेग्मी र रजिष्ट्रारमा प्रा.डा.नवराज कट्टेल नियुक्त

Published on : Sep 12, 2026

२०८३।०५।२५
नेपाल संस्कृत विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिष्ट्ररमा क्रमशः प्रा.डा.जगन्नाथ रेग्मी र प्रा.डा.नवराज कट्टेल नियुक्त हुनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयको ऐन २०४३ को दफा १७ को उपदफा(१) र सोही ऐनको दफा १९ को उपदफा(१) मा व्यवस्था भए बमोजिम सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहज्यूको मिति २०८३।०५।२४ को निर्ययानुसार उहाँहरुलाई क्रमशः शिक्षाध्यक्ष र रजिष्ट्रारमा नियुक्ति गर्नु भएको हो । नवनियुक्त शिक्षाध्यक्ष प्रा.डा.जगन्नाथ रेग्मी तथा रजिष्ट्रार प्रा.डा.नजराज कट्टेलले २०८३।०५।२५ गते विश्वविद्यालयका उपकुलपति प्रा.डा.भीमप्रसाद खतिवडाज्यूवाट केन्द्रीय कार्यालय वेलझुण्डी दाङमा पदभार ग्रहण गर्नु भएको छ ।