नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

नेसंविको ४१ओै स्थापना दिवसमा माननीय शिक्षामन्त्रीज्यू लाई आमन्त्रणा ।

Published on : Oct 04, 2026

नेसंविको ४१ओै स्थापना दिवसमा माननीय  शिक्षामन्त्रीज्यू लाई आमन्त्रणा ।
२०८३ असोज १७, बेलझुण्डी दाङ ।
नेपाल संस्कृत विश्वविद्यालयको आगामी मंसिर २५ गते आयोजना हुने विश्वविद्यालय स्थापना दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नेपाल संस्कृत विश्वविद्यालयका सहकुलपति सस्मित पोख्रेलज्यूलाई निमन्त्रणा गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. भीमप्रसाद खतिवडा, शिक्षाध्यक्ष प्रा.डा. जगन्नाथ रेग्मी तथा योजना महाशाखा प्रमुख सुरज लामाले लमहीमा मन्त्रीज्यूलाई स्वागत गर्दै स्थापना दिवस समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थितिका लागि निमन्त्रणा गर्नुभएको हो ।
सो अवसरमा मन्त्रीज्यूले कार्तिक २५ गते आयोजना हुने स्थापना दिवस समारोहमा प्रमुख अतिथिका रूपमा आफू अवश्य उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटका क्रममा विश्वविद्यालयको समग्र विकास, शैक्षिक तथा प्राज्ञिक उन्नयन, अनुसन्धान, संस्थागत सुदृढीकरण तथा भावी योजनाका विषयमा समेत छलफल भएको थियो ।