नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

सांसदद्वयसँग नेपाल संस्कृत विश्वविद्यालयको अन्तरक्रिया ।

Published on : Oct 05, 2026

सांसदद्वयसँग नेपाल संस्कृत विश्वविद्यालयको अन्तरक्रिया ।
बेलझुण्डी, दाङ — २०८३ असोज १९ ।
नेपाल संस्कृत विश्वविद्यालयका वर्तमान पदाधिकारी, महाशाखा प्रमुख, शाखा प्रमुख एवं बेलझुण्डी क्षेत्र विकास समितिका अध्यक्षसँग दाङ क्षेत्र नं. २ का संघीय सांसद् माननीय विपिनकुमार आचार्य र क्षेत्र नं. ३ का संघीय सांसद् माननीय  कमल सुवेदीलगायत अन्य विविष्ठ व्यक्तिहरु बीच विश्वविद्यालयको समग्र विकासका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पदाधिकारीज्यूहरुले विश्वविद्यालयको समग्र उन्नयनका लागि अघि सारिएका प्रस्ताव तथा आगामी कार्ययोजनाबारे सांसदद्वयलाई जानकारी गराउनुभएको थियो ।
सांसदद्वयले पदाधिकारीहरूद्वारा गरिएको  प्रस्तुतिमाथि  समेटिन नसकिएका विषयहरू औँल्याउँदै र सुधारका सुझाव स्पष्ट पार्दै पदाधिकारीहरूद्वारा आगामी समयमा ठोस, वस्तुगत र तथ्यमा आधारित भएर समयबद्ध रूपमा कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिनुभयो ।
उक्त कार्यक्रमको सहजीकरण उपकुलपति कार्यालय सचिवालयका कर्मचारी सन्तोष लम्सालले गर्नुभएको थियो ।