नेपाल संस्कृत विश्वविद्यालयको आयोजनामा ०८२ आश्विन २५,२६ र २७ गते अन्तर्राट्रिय योग सम्मेलन २०८२ आयोजना गर्न लागिएको ।
see more »नेपाल संस्कृत विश्वविद्यालयको आयोजनामा ०८२ आश्विन २५,२६ र २७ गते अन्तर्राट्रिय योग सम्मेलन २०८२ आयोजना गर्न लागिएको ।
see more »नवनियुक्त शिक्षाध्यक्ष प्रा.भोजराज जोशीज्यू लाई केन्द्रीय कार्यालयमा कुलसचिव प्रा.माधव अधिकारीज्यूको प्रमुख आथित्यतामा ने.सं.वि. केन्द्रीय कार्यालयले एक कार्यक्रमका विच स्वागत गरेको छ ।
see more »२०८२ असार ३२ गते वसेको नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो ।
नेपाल सस्कृत विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारीको उपस्थितिमा नेपाल संस्कृत विश्वविद्यालय र महात्मा गाँन्धी केन्द्रीय विश्वविद्यालय, भारत विच शैक्षिक कार्यक्रम आदान प्रदान लगाएत विभिन्न विषयमा MOU सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका तर्फवाट अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. सुदन पौडेल तथा महात्मा गाँन्धी विश्वविद्यालयका तर्फ वाट डा. श्याम नन्दन ले संयुक्त रुपमा समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको थियो । सो कार्यक्रममा ने.सं.वि. का पूर्व कुलसचिव, अनुसन्धान केन्द्रका पूर्व निर्देशक लगाएत अन्य विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो ।
see more »नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको प्रायोजनमा ने.सं.वि. वेलझुण्डी दाङमा मिति २०८२।०३।१४ गते देखि त्रिदिवसीय अन्तराष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ । उत्त गोष्ठीको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीज्यूले गर्नु भएको थियो । ने.सं.वि. अनुसन्धान केन्द्रका अध्यक्ष प्रा.डा. सुधनकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ने.सं.वि.का उपकुलपति प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज केसी, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.ध्रुव गौतम, लुम्विनी प्राविधिक विश्वविद्यालयका उपकुलपति... see more »
नेपाल संस्कृत विश्वविद्यालयको रिक्त रहेको कुलसचिव पदमा सम्माननीय प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपतिज्यूको मिति २०८१।११।२० गतेको निर्णयानुसार प्रा. माधव अधिकारी लाई कुलसचिव (रजिष्ट्रार) पदमा नियुक्त गरिएको छ ।
see more »नेपाल संस्कृत विश्वविद्यालयको आ.व. ०८१र०८२ को वार्षिक शैक्षिक कार्यक्रम तथा आय व्यय (बजेट) पारित गर्ने प्रयोजनका लागि आयोजित विश्वविद्यालय सभाको ७७औं वैठक मिति २०८१ पौष १८ सम्माननीय प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति श्री केपि शर्मा वलीज्यूको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।
see more »नेपाल संस्कृत विश्वविद्यालको उपकुलपति पद रिक्त रहेकोमा सम्माननीय प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुुलपतिज्यूको मिति २०८१।०५।१७ गतेको निर्णयानुसार वढीमा ३ (तीन) महानाको लागि नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडा लाई उपकुलपतिको जिम्मेवारी तोकिएको छ ।
see more »नेपाल संस्कृत विश्वविद्यालयको ३७अौं स्थापना दिवसको अवसरमा दीर्घसेवा पदक वितरण तथा सेवा निवृत्त कर्मचारी सम्मान कार्यक्रम मिति २०८०।०८।२५ गते विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद लामिछानेज्यूको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. लामिछानेले, संस्कृत शिक्षालाई हेर्ने दृष्टिकोणलाई राज्यले परिवर्तन गर्नुपरर्न वताउनुभएको छ ।
सो अवसरमा ८३ जना शिक्षक, कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको छ भने विश्वविद्यालयमा लामो समय सेवा गरी सेवा निवृत्त हुनुभएका पूर्व प्रशासक डा. हिमलाल पन्थीसहित १४ जना कर्मचारीहरुलाई सम्मान गर... see
more
»
नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह भव्य र सभ्य बनाउन उपस्थित हुनुहुने सम्माननीय प्रधानमन्त्री एवं कुलपति पुस्पकमल दाहाल 'प्रचन्ड' ज्यू, प्रमुख अतिथि कविकुलगुरु कालिदास संस्कृत विश्वविद्यालय, महाराष्ट्र, भारतका कुलपति प्रा.डा.हरेराम त्रिपाठीज्यू, सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईज्यू, विश्वविद्यालय सभाका सदस्यज्यूहरू, आमन्त्रित सम्पूर्ण महानुभावहरू, दीक्षार्थी महानुभावहरू, आदरणीय अभिभावकहरू, सुरक्षाकर्मी एवं रात दिन खटेर काम गर्ने विश्वविद्यालयका कर्मचारी वर्ग, प्राध्यापक वर्ग र प्रिय विद्यार्थी बन्धुहरूसहित ने.सं.वि.परिवारसम्बद्ध सबैमा हार्... see more »
नेपाल संस्कृत विश्वविद्यालय तथा राष्ट्रिय वाणिज्य बैंकका बिच ने.सं.वि. अन्तर्गतका सम्पुर्ण आंगिक बिद्यापिठ तथा निकायहरुमा कार्यरत शिक्षक कर्मचारीहरुका लागि तलबी खाता तथा पेशाकर्मी सरल कर्जा सहकार्य सम्बन्धी समझदारी पत्रमा मिति २०८०।०१।२५ गते हस्ताक्षर कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा विश्वविद्यालयका तर्फवाट उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेज्यू, शिक्षाध्यक्ष प्रा.डा. भिम खतिवडाज्यू र कुलसचिव माधव अधिकारीज्यू एवम राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रादेशिक प्रमुख गणेश चन्द्र पौडेलज्यू, तुलसीपुर शाखा प्रवन्धक गोपाल आचार्यज्यू तथा वाणिज्य वैंकका अन्य कर्मचारीहरु र ने.सं.वि. के... see more »
१ फाल्गुण २०७९
ने.सं.वि.का उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेज्यूट्वारा नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयको नवनिर्मित प्रवेशद्वारको समुद्घाटन गर्नु भएको छ । उक्त उद्घाटन कार्यक्रममा विश्वविद्यालय सेवाआयोगका अध्यक्ष, शिक्षाध्यक्ष, कुलसचिव, कार्यकारी निर्देशक, डिन, प्राचार्य, महाशाखा प्रमुख, शाखा प्रमुख लगाएत विश्वविद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति थियो ।
२२ माघ २०७९
नेपाल संस्कृत विश्वविद्यालय र नेपाल दुरसञ्चार प्राधिकरण विच ग्रामिण दुरसञ्चार विकास कोष प्रयोग गरी नेपाल संस्कृत विश्वविद्यालयका आंगिक क्याम्पस तथा निकायहरुमा ब्रोडव्याण्ड इन्टरनेट पुराउने विषयको समझादारी पत्रमा हस्ताक्षर भएको छ । समझादारी पत्रमा उल्लेख भएअनुसार नेपाल दुरसञ्चार प्राधिकरणले नेपाल संस्कृत विश्वविद्यालयका २१ क्याम्पस तथा निकायहरुमा ब्रोडव्याण्ड इन्टरनेट जडान गरिदिने भएको छ । समझदारी पत्रमा नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारी र प्राधिकरणको तर्फवाट अध्यक्ष पुरुषोत्तम खनालले हस्तक्षर गर्नुभएको हो । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमम... see
more
»