नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय वेलझुन्डी दाङमा पि.एच.डी. कक्षा सुरु ।

नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुन्डीमा विद्यावारिधि कक्षा सुरु गरेको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधिको कक्षा संचालन गरेको भएपनि केन्द्रीय कार्यालयमै त्यसको अध्ययन हुने गरेको थिएन । विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरेर केन्द्रीय कार्यालय वेलझुन्डी दाङ वाट विद्यावारिधिको कक्षा सुरुवात गरेको हो ।
अनुसन्धान केन्द्रका प्रमुख प्रा.डा.काशिनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपकुलपति प्रा.रमेश ढकालले दाङमै विद्यावारिधिको कक्षा सुरु हुनु यस क्षेत्रका लागि गर्वको कुरा भएको वताउनु भएको थियो । कार्यक्रमका विशिष्ट अथिति कुलसचिव माधव अधिकारीले विभिन्न आधा दर्जन विषयमा विद्यावारिधिको अध्यापन सुरु भएको जानकारी दिनु भएको थियो । कार्यक्रममा प्राध्यापक कृष्णचन्द्र शर्माले विद्यावारिधिका वारेमा जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *