हरिहर संस्कृत विद्यापीठ, पोखराथोक, अर्घाखाँची

प्रदेश नम्बर ५ अन्तर्गत अर्घाखाँची जिल्लाको खिदिम पोखराथोकमा अवस्थित हरिहर संस्कृत विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । अर्घाखाँचीका समाजसेवी हरिहर गौतमको व्यक्तिगत लगानीमा वि.सं. १९८१ सालमा खिदिम पोखराथोकमा अनौपचारिक रूपमा संस्कृतको पठन–पाठन थालिएको पृष्ठभूमिमा १९९० सालमा हरिहर गौतमकै योगदानमा १९९४ सालमा औपचारिक रूपमा स्थापित हरिहर संस्कृत विद्यालयले १९९५ देखि २०२२ सालसम्म निरन्तर रूपमा पठन–पाठन गर्दैैआएको सन्दर्भमा विद्यालयका संस्थापक बडागुरु पं. दधिराम मरासिनी र संस्थापक हरिहर गौतमको निधन भएपछिका समयमा विभिन्न बाधा अवरोधको सामना गर्दै यस विद्यालयले २०५५ सालमा नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठका रूपमा स्वीकृति पाएको हो । यस विद्यापीठको नाममा १८–१५–०–१ रोपनी जग्गा रहेको छ भने यस विद्यापीठमा छात्रावास, पुस्तकालयको सुविधा पनि रहेको छ ।

हरिहर संस्कृत विद्यापीठ

यस विद्यापीठमा पठन–पाठन हुने विषयहरू यसप्रकार रहेका छन् :

क्र.सं. तह अनिवार्य विषयहरू ऐच्छिक ‘क’ वर्गीय विषयहरू ऐच्छिक ‘ख’ वर्गीय विषयहरू
1  प्राक्शास्त्री (संस्कृत भाषा प्रशिक्षण) अनिवार्य व्याकरण, अनिवार्य संस्कृत भाषा, वेद, व्याकरण, न्याय, ज्योतिष
2 शास्त्री संस्कृत, अङ्ग्रेजी, नेपाली व्याकरण, प्राचीनन्याय, साहित्य, नेपाली, राजनीतिशास्त्र, अर्थशास्त्र, अङ्ग्रेजी, गणित, मैथली, हिन्दी

विद्यापीठको फोन नम्बरः ०७७–६९०५४९
विद्यापीठको इमेलः infoharihar@nsu.edu.np