जनता विद्यापीठ, दाङ

प्रदेश नम्बर ५ अन्तर्गत दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीमा अवस्थित जनता विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । जनता विद्यापीठको प्रारुप जनता विद्यालय पूर्वीय वाङ्मयको अध्ययन अनुसन्धान गर्ने उद्देश्यअनुरूप वि.सं. १९८४ मा स्थापना भएको हो । सो विद्यालय २०११ सालमा जनता महाविद्यालयको नाममा रूपान्तरण भयो । त्यसपछि २०२८ सालमा जनता क्याम्पस नाम राखियो भने २०४३ सालमा नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठका रूपमा परिणत भयो । हाल नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको जनता विद्यापीठका नामले सञ्चालित रहेको छ । यहाँ वि.सं. २०२४ सालमा अन्तर्राष्ट्रिय संस्कृत विद्वत् सम्मेलन सम्पन्न भएको थियोे । यो सम्मेलन नै दाङमा संस्कृत विश्वविद्यालय स्थापना गर्ने प्रमुख आधार बन्यो । जनता विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयको बहुमुखी विद्यापीठको रूपमा चिनिँदै आएको छ । यहाँ संस्कृतका साथै आधुनिक विषयहरू समेत अध्ययन–अध्यापन भइरहेका छन् । यस विद्यापीठमा संस्कृततर्फ शास्त्री (स्नातक) तह, एक वर्षे शिक्षाशास्त्री तह र आयुर्वेद उत्तरमध्यमा तहको समेत पठनपाठन भइरहेको छ भने आचार्य तहको कक्षा सञ्चालनको स्वीकृति पनि प्राप्त भएको छ । यस विद्यापीठको नाममा ५–११–१४ बिगाहा जग्गा रहेको छ भने छात्रावास र पुस्तकालयको सुविधा पनि उपलब्ध छ ।

जनता विद्यापीठको शैक्षिक तथा प्रशासनिक भवन

यस विद्यापीठमा पठन–पाठन हुने विषयहरू यसप्रकार रहेका छन् ः
-> प्राक्शास्त्री (भाषा प्रशिक्षण)– अनिवार्य व्याकरण, अनिवार्य संस्कृत भाषा, वेद, व्याकरण, न्याय, ज्योतिष
-> आयुर्वेद उत्तरमध्यमा तह (तीन वर्षे)– नेपाली, अङ्ग्रेजी, संस्कृतभाषा, नेपाल परिचय, मौलिक सिद्धान्त, रसशास्त्र, भैषज्यकल्पना, द्रव्यगुण, शरीर रचना तथा क्रियाविज्ञान, भौतिकशास्त्र, रसायनशास्त्र, प्राणीशास्त्र, वनस्पतिशास्त्र, प्राथमिक तथा तथ्याङ्कशास्त्र,

तह मूलक्षेत्र ‘क’ वर्गीय सहायकक्षेत्र (‘ख’ वर्गीय)
शास्त्री तह (तीन वर्षे) नव्यव्याकरण, सिद्धान्तज्योतिष, प्राचीनन्याय, नव्यन्याय, साहित्य, धर्मशास्त्र नेपाली, अङ्ग्रेजी, राजनीतिशास्त्र, अर्थशास्त्र, गणित

 

शिक्षा शास्त्री तह (एक वर्षे) शिक्षाको आधार, शिक्षा मनोविज्ञान, संस्कृत शिक्षा, नेपाली शिक्षा, सामाजिक अध्ययन शिक्षा, अङ्ग्रेजी शिक्षा, गणित शिक्षा

विद्यापीठको फोन नम्बरः ०८२–४१११२८, ०८२–४११०१६
विद्यापीठको इमेलःinfojanata@nsu.edu.np