शारदा विद्यापीठ, महेन्द्रनगर, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशअन्तर्गत कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेको शारदा विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । सुदूरपश्चिम क्षेत्रमा संस्कृत वाङ्मयको विकास र विस्तार गर्ने उद्देश्यका साथ त्यस क्षेत्रका संस्कृत शिक्षाप्रेमी महानुभावहरूको सक्रियतामा २०३९ सालमा स्थापित वेद विद्यालय २०४८ सालमा नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठका रूपमा परिणत भएको हो । यस विद्यापीठको नाममा ७–१५–०० बिगाहा जग्गा रहेको छ । यस विद्यापीठमा संस्कृत तर्फ शास्त्रीतहका साथै एकवर्षे शिक्षाशास्त्री तहको पठनपाठन हुँदै आएको छ । यहाँ छात्रावास र पुस्तकालयको सुविधा पनि उपलब्ध छ ।

शारदा विद्यापीठ

यस विद्यापीठमा पठन–पाठन हुने विषयहरू यसप्रकार रहेका छन् :

 

क्र.सं. तह अनिवार्य विषयहरू ऐच्छिक ‘क’ वर्गीय विषयहरू ऐच्छिक ‘ख’ वर्गीय विषयहरू
1  प्राक्शास्त्री (संस्कृत भाषा प्रशिक्षण) अनिवार्य व्याकरण, अनिवार्य संस्कृत भाषा, वेद, व्याकरण, न्याय, ज्योतिष
2 शास्त्री संस्कृत, अङ्ग्रेजी, नेपाली साहित्य, व्याकरण, फलित ज्योतिष नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र
3 शिक्षा शास्त्री तह
(एक वर्षे)
शिक्षाको आधार, शिक्षा मनोविज्ञान संस्कृत शिक्षा, नेपाली शिक्षा, सामाजिक अध्ययन शिक्षा, अङ्ग्रेजी शिक्षा, गणित शिक्षा

विद्यापीठको फोन नम्बरः ०९९–५२१०६१
विद्यापीठको इमेलः infosharada@nsu.edu.np