नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

पिण्डेश्वर विद्यापीठ (क्याम्पस), धरान, सुनसरी

प्रदेश नं. १ अन्तर्गत सुनसरी जिल्लाको धरानमा रहेको पिण्डेश्वर विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । वि.सं. २००४ सालमा धरानको पिण्ठडेश्वर मन्दिर परिसरमा श्रीराम संस्कृत विद्यालयको स्थापना भएको थियो । त्यस विद्यालयमा २००८ सालमा संस्कृत भाषाका विद्वान् पण्डित छविलाल पोख्रेल प्रधानाचार्यमा नियुक्त हुनुभयो । यसरी सुरु भएको यस विद्यापीठले विभिन्न उतारचढाव पार गर्दै २०१६ सालदेखि मध्यमा र २०१८ सालदेखि उत्तरमध्यमा, शास्त्रीतहको पठन–पाठन भइरहेको भए पनि २०४३ सालमा नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भएपछि यो विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठका रूपमा सञ्चालित छ । सुविधासम्पन्न यस विद्यापीठमा छात्रछात्राहरूका लागि निःशुल्क छात्रावास तथा पुस्तकालयको व्यवस्था गरिएको छ ।

यस विद्यापीठमा पठन–पाठन हुने विषयहरू यसप्रकार रहेका छन् :

विद्यापीठको फोन नम्बरः ०२५–५२९२८५

क्र.सं. तह अनिवार्य विषयहरू ऐच्छिक ‘क’ वर्गीय विषयहरू ऐच्छिक ‘ख’ वर्गीय विषयहरू
1  प्राक्शास्त्री (संस्कृत भाषा प्रशिक्षण) अनिवार्य व्याकरण, अनिवार्य संस्कृत भाषा, वेद, व्याकरण, न्याय, ज्योतिष  
2 शास्त्री संस्कृत, अङ्ग्रेजी, नेपाली शुक्लयजुर्वेद, व्याकरण, प्राचीनन्याय, साहित्य, सिद्धान्त ज्योतिष, धर्मशास्त्र, नेपाली, राजनीतिशास्त्र, अर्थशास्त्र, अङ्ग्रेजी,
3 आचार्य व्याकरण र साहित्य


विद्यापीठको इमेलःinfopindeshwor@nsu.edu.np