नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

Events And Activities

  • नेपाल संस्कृत विश्वविद्यालयद्वारा दिर्घसेवा पदक वितरण ।
    Published on : Dec 15, 2021
      -- Events and Activities

    नेपाल संस्कृत विश्वविद्यालयद्वारा दिर्घसेवा पदक वितरण ।

    नेपाल संस्कृत विश्वविद्यालय सेवामा २५ वर्ष सेवा गरेका शिक्षक तथा कर्मचारीहरुलाई विश्विद्यालयले मिति २०७८।०८।२४ गते विश्वविद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी दिर्घसेवा पदक तथा प्रमाण पत्र प्रदान गरेको छ । उक्त पदक विश्वविद्यालयमा २०७० साल देखि २०७६ चैत्र मसान्त सम्म २५ वर्ष पुरा गरेको १०३ जना शिक्षाक तथा कर्मचारीहरुलाई प्रदान गरिएको थियो ।

    see more »

  • जनता विद्यापीठतमा अध्ययनरत विद्यार्थीद्वारा वासावलेह उत्पादन ।
    Published on : Jan 05, 2021
      -- Events and Activities

    नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठ एएचएमा अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरुले वासावलेह औषाधी उत्पादन गरेका छन् ।
    वासावलेह स्थानीय जडिबुटी असुरो, मह, घिउ, चिनी र पिपला लगायतको मिश्रण गरी दम, रक्तपित्त तथा रुघाखोकीको लागि उपयुक्त औषधीको रुपमा प्रयोग गर्न सकिने छ ।
    आयुर्वेदको पद्धतिअनुसार उत्पादन गरिएकोले २ वर्षसम्म प्रयोग गर्न सकिने छ । आयुर्वेदमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक विषय अन्तर्गतका यस्ता कार्यक्रमहरुमा विश्वविद्यालय तथा जनता विद्यापीठले सहयोग गर्दै आईरहेको छ ।

    see more »