नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

News

  • विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त । New
    Published on : Sep 04, 2024
      -- Latest News

    नेपाल संस्कृत विश्वविद्यालको उपकुलपति पद रिक्त रहेकोमा सम्माननीय प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुुलपतिज्यूको मिति २०८१।०५।१७ गतेको निर्णयानुसार वढीमा ३ (तीन) महानाको लागि नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडा लाई उपकुलपतिको जिम्मेवारी तोकिएको छ । 

    see more »

  • नेपाल संस्कृत विश्वविद्यालयको ३७अ‍ौं स्थापना दिवस
    Published on : Dec 12, 2023
      -- Latest News

    नेपाल संस्कृत विश्वविद्यालयको ३७अ‍ौं स्थापना दिवसको अवसरमा दीर्घसेवा पदक वितरण तथा सेवा निवृत्त कर्मचारी सम्मान कार्यक्रम मिति २०८०।०८।२५ गते विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद लामिछानेज्यूको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।  उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. लामिछानेले, संस्कृत शिक्षालाई हेर्ने दृष्टिकोणलाई राज्यले परिवर्तन गर्नुपरर्न वताउनुभएको छ । 
    सो अवसरमा ८३ जना शिक्षक, कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको छ भने विश्वविद्यालयमा लामो समय सेवा गरी सेवा निवृत्त हुनुभएका पूर्व प्रशासक डा. हिमलाल पन्थीसहित १४ जना कर्मचारीहरुलाई सम्मान गर... see more »

  • नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह
    Published on : Jun 14, 2023
      -- Latest News

    नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह भव्य र सभ्य बनाउन उपस्थित हुनुहुने सम्माननीय प्रधानमन्त्री एवं कुलपति पुस्पकमल दाहाल 'प्रचन्ड' ज्यू, प्रमुख अतिथि कविकुलगुरु कालिदास संस्कृत विश्वविद्यालय, महाराष्ट्र, भारतका कुलपति प्रा.डा.हरेराम त्रिपाठीज्यू, सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईज्यू, विश्वविद्यालय सभाका सदस्यज्यूहरू, आमन्त्रित सम्पूर्ण महानुभावहरू, दीक्षार्थी महानुभावहरू, आदरणीय अभिभावकहरू, सुरक्षाकर्मी एवं रात दिन खटेर काम गर्ने विश्वविद्यालयका कर्मचारी वर्ग, प्राध्यापक वर्ग र प्रिय विद्यार्थी बन्धुहरूसहित ने.सं.वि.परिवारसम्बद्ध सबैमा हार्... see more »

  • नेपाल संस्कृत विश्वविद्यालय तथा राष्ट्रिय वाणिज्य बैंकका बिच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
    Published on : May 10, 2023
      -- Latest News

    नेपाल संस्कृत विश्वविद्यालय तथा राष्ट्रिय वाणिज्य बैंकका बिच ने.सं.वि. अन्तर्गतका सम्पुर्ण आंगिक बिद्यापिठ तथा निकायहरुमा कार्यरत शिक्षक कर्मचारीहरुका लागि तलबी खाता तथा पेशाकर्मी सरल कर्जा सहकार्य सम्बन्धी समझदारी पत्रमा मिति २०८०।०१।२५ गते हस्ताक्षर कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा विश्वविद्यालयका तर्फवाट उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेज्यू, शिक्षाध्यक्ष प्रा.डा. भिम खतिवडाज्यू र कुलसचिव माधव अधिकारीज्यू एवम राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रादेशिक प्रमुख गणेश चन्द्र पौडेलज्यू, तुलसीपुर शाखा प्रवन्धक गोपाल आचार्यज्यू तथा वाणिज्य वैंकका अन्य कर्मचारीहरु र ने.सं.वि. के... see more »

  • केन्द्रीय कार्यालयको नवनिर्मित प्रवेशद्वारको उद्घाटन ।
    Published on : Feb 13, 2023
      -- Latest News

    १ फाल्गुण २०७९
    ने.सं.वि.का उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेज्यूट्वारा नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयको नवनिर्मित प्रवेशद्वारको समुद्घाटन गर्नु भएको छ । उक्त उद्घाटन कार्यक्रममा विश्वविद्यालय सेवाआयोगका अध्यक्ष, शिक्षाध्यक्ष, कुलसचिव, कार्यकारी निर्देशक, डिन, प्राचार्य, महाशाखा प्रमुख, शाखा प्रमुख लगाएत विश्वविद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति थियो । 

    see more »

  • ने.सं.वि. र नेपाल दुरसञ्चार प्राधिकरण बिच समझदारी पत्रमा हस्ताक्षर ।
    Published on : Feb 06, 2023
      -- Latest News

    २२ माघ २०७९
    नेपाल संस्कृत विश्वविद्यालय र नेपाल दुरसञ्चार प्राधिकरण विच  ग्रामिण दुरसञ्चार विकास कोष प्रयोग गरी नेपाल संस्कृत विश्वविद्यालयका आंगिक क्याम्पस तथा निकायहरुमा ब्रोडव्याण्ड इन्टरनेट पुराउने विषयको समझादारी पत्रमा हस्ताक्षर भएको छ । समझादारी पत्रमा उल्लेख भएअनुसार नेपाल दुरसञ्चार प्राधिकरणले नेपाल संस्कृत विश्वविद्यालयका २१ क्याम्पस तथा निकायहरुमा ब्रोडव्याण्ड इन्टरनेट जडान गरिदिने भएको छ । समझदारी पत्रमा नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारी र प्राधिकरणको तर्फवाट अध्यक्ष पुरुषोत्तम खनालले हस्तक्षर गर्नुभएको हो  । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमम... see more »

  • नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष प्रा.डा.श्री भिमप्रसाद खतिवडाद्वारा पदभार ग्रहण ।
    Published on : May 14, 2021
      -- Latest News

    नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष प्रा.डा.श्री भिमप्रसाद खतिवडाज्यूले मिति २०७८ वैशाख ३१ गते पदभार ग्रहण गर्नुभएको छ । उक्त पदभार ग्रहण कार्याक्रममा विश्वविद्यालयका कुलसचिव श्री माधव अधिकारी, कार्यकारी सदस्य डा.रमेश घिमिरे लगाएत विश्वविद्यालयका कर्मचारीहरुको उपस्थिति थियो । उहाँलाई उपकुलपतिज्यूको सिफारिसमा विश्वविद्यालयका कुलपति तथा सम्माननिय प्रधानमन्त्री के.पि. शर्मा ओलीज्यूले शिक्षाध्यक्ष पदमामा नियुक्त गर्नु भएको हो । 
     

    see more »

  • नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त कुलसचिव सहप्राध्यापक माधव अधिकारीज्यू द्वारा पदभार ग्रहण ।
    Published on : Dec 04, 2020
      -- Latest News

    नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त कुलसचिव सहप्राध्यापक माधव अधिकारीज्यूले मिति २०७७ मंसिर १८ गते पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेज्यूले पदभार ग्रहण गराउनु भएको हो । २०७७ कार्तिक १४ गते उपकुलपतिज्यूको सिफारिसमा विश्वविद्यालयका कुलपति तथा सम्माननिय प्रधानमन्त्री के.पि. शर्मा ओलीज्यूले कुलसचिवमा नियुक्त गर्नु भएको हो । कार्तिक १४ गते नै कुलसचिवमा नियुक्त गरिएको भएतापनि विविध कारणले पदभारको कार्यक्रम हुन सकेको थिएन ।

    see more »