नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त कुलसचिव सहप्राध्यापक माधव अधिकारीज्यू द्वारा पदभार ग्रहण ।

Published on : Dec 04, 2020

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त कुलसचिव सहप्राध्यापक माधव अधिकारीज्यूले मिति २०७७ मंसिर १८ गते पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेज्यूले पदभार ग्रहण गराउनु भएको हो । २०७७ कार्तिक १४ गते उपकुलपतिज्यूको सिफारिसमा विश्वविद्यालयका कुलपति तथा सम्माननिय प्रधानमन्त्री के.पि. शर्मा ओलीज्यूले कुलसचिवमा नियुक्त गर्नु भएको हो । कार्तिक १४ गते नै कुलसचिवमा नियुक्त गरिएको भएतापनि विविध कारणले पदभारको कार्यक्रम हुन सकेको थिएन ।