नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

ने.सं.वि. र नेपाल दुरसञ्चार प्राधिकरण बिच समझदारी पत्रमा हस्ताक्षर ।

Published on : Feb 06, 2023

२२ माघ २०७९
नेपाल संस्कृत विश्वविद्यालय र नेपाल दुरसञ्चार प्राधिकरण विच  ग्रामिण दुरसञ्चार विकास कोष प्रयोग गरी नेपाल संस्कृत विश्वविद्यालयका आंगिक क्याम्पस तथा निकायहरुमा ब्रोडव्याण्ड इन्टरनेट पुराउने विषयको समझादारी पत्रमा हस्ताक्षर भएको छ । समझादारी पत्रमा उल्लेख भएअनुसार नेपाल दुरसञ्चार प्राधिकरणले नेपाल संस्कृत विश्वविद्यालयका २१ क्याम्पस तथा निकायहरुमा ब्रोडव्याण्ड इन्टरनेट जडान गरिदिने भएको छ । समझदारी पत्रमा नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारी र प्राधिकरणको तर्फवाट अध्यक्ष पुरुषोत्तम खनालले हस्तक्षर गर्नुभएको हो  । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडा तथा नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीको लगायतको उपस्थिति रहेको थियो ।