नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

जनकहजारी विद्यापीठ (क्याम्पस), जनकपुर

प्रदेश २ अन्तर्गत धनुषा जिल्लाको सदरमुकाम जनकपुरधामको बाराहीकुटीमा रहेको जनक हजारी विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । मैथिली सभ्यता र संस्कृतिको केन्द्रका रूपमा रहेको र धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले ख्यातिप्राप्त जनकपुरधाममा वि.सं. २०४७ सालमा स्थापित जनक हजारी विद्यापीठ ‘जनक विद्यापीठ’का नाममा स्थापना भएको थियो । २०४९ सालमा स्थानीय शिक्षाप्रेमी हजारी साहुले विद्यापीठको शिक्षण भवन निर्माण गर्न पाँच लाख एक सय एघार रुपियाँ सहयोग गरेपछि उहाँको नाम पनि समावेश गरी ‘जनक हजारी विद्यापीठ’ कायम गरिएको हो । ६(–३–५ बिगाहा जग्गा भएको यस विद्यापीठमा छात्रावास र पुस्तकालयको समेत सुविधा रहेको छ ।

यस विद्यापीठमा पठन–पाठन हुने विषयहरू यसप्रकार रहेका छन् :

क्र.सं. तह अनिवार्य विषयहरू ऐच्छिक ‘क’ वर्गीय विषयहरू ऐच्छिक ‘ख’ वर्गीय विषयहरू
1  प्राक्शास्त्री (संस्कृत भाषा प्रशिक्षण) अनिवार्य व्याकरण, अनिवार्य संस्कृत भाषा, वेद, व्याकरण, न्याय, ज्योतिष
2 शास्त्री संस्कृत, अङ्ग्रेजी, नेपाली व्याकरण, प्राचीनन्याय, साहित्य, नेपाली, राजनीतिशास्त्र, अर्थशास्त्र, अङ्ग्रेजी, गणित, मैथली, हिन्दी

 

विद्यापीठको फोन नम्बरः ०४१–५२०६६५
विद्यापीठको इमेलः infojanak@nsu.edu.np