प्रदेश २ अन्तर्गत महोत्तरी जिल्लाको मटिहानीमा रहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ ने.सं.वि.को अर्काे आङ्गिक विद्यापीठ हो । वि.सं. १८०१ मा मकवानपुरका राजा हेमकर्ण सेनले लक्ष्मीनारायण मठको स्थापना गरेपछि शिक्षाप्रेमी साधु तस्मैया बाबाले पिपलको रुखमुनिबाट संस्कृत पठनपाठन थालेको ठाउँमा वि.सं. १९५० देखि व्याकरण, वेदान्त, रामायणको पठनपाठन हुन थाल्यो । त्यसपछि १९६८ सालदेखि नै लक्ष्मीनारायण मठका महन्त वनारसीदास र छात्रनाथको सक्रियतामा वेद, व्याकरण, न्याय र ज्योतिष विषयको पठनपाठन हुन थाल्यो । १७–११–१४ बिगाहा जग्गा भएको यस विद्यापीठमा विद्यार्थीहरूका लागि निःशुल्क भोजन, छात्रावास, पुस्तकालय आदिको सुविधा छ । यस विद्यापीठमा पठन–पाठन हुने विषयहरू यसप्रकार रहेका छन् ।
यस विद्यापीठमा पठन–पाठन हुने विषयहरू यसप्रकार रहेका छन् :
क्र.सं. | तह | अनिवार्य विषयहरू | ऐच्छिक ‘क’ वर्गीय विषयहरू | ऐच्छिक ‘ख’ वर्गीय विषयहरू |
1 | प्राक्शास्त्री (संस्कृत भाषा प्रशिक्षण) | अनिवार्य व्याकरण, अनिवार्य संस्कृत भाषा, | वेद, व्याकरण, न्याय, ज्योतिष | – |
2 | शास्त्री | संस्कृत, अङ्ग्रेजी, नेपाली | शुक्लयजुर्वेद, व्याकरण, न्याय, साहित्य, सिद्धान्तज्योतिष | नेपाली, राजनीतिशास्त्र, अर्थशास्त्र, अङ्ग्रेजी, गणित, मैथली, हिन्दी |
2 | शास्त्री | व्याकरण, न्याय, साहित्य, सिद्धान्तज्योतिषं |
विद्यापीठको फोन नम्बरः ०४४–५४०१३२
विद्यापीठको इमेलः infoyalana@nsu.edu.np