नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

कालिका संस्कृत विद्यापीठ (क्याम्पस), गैंडाकोट, नवलपरासी

गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लाको गैंडाकोटमा रहेको कालिका संस्कृत विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । सो क्षेत्रमा संस्कृत शिक्षाको विकास तथा विस्तार गर्ने उद्देश्यले वि.सं. २०६६ सालमा उक्त विद्यापीठले नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठका रूपमा स्वीकृति पाएको हो ।

यस विद्यापीठमा पठन–पाठन हुने विषयहरू यसप्रकार रहेका छन् :

क्र.सं. तह अनिवार्य विषयहरू ऐच्छिक ‘क’ वर्गीय विषयहरू ऐच्छिक ‘ख’ वर्गीय विषयहरू
1  प्राक्शास्त्री (संस्कृत भाषा प्रशिक्षण) अनिवार्य व्याकरण, अनिवार्य संस्कृत भाषा, वेद, व्याकरण, न्याय, ज्योतिष
2 शास्त्री संस्कृत, अङ्ग्रेजी, नेपाली साहित्य, नव्यव्याकरण, सिद्धान्तज्योतिष नेपाली, राजनीतिशास्त्र, अर्थशास्त्र,

विद्यापीठको फोन नम्बरः ०७८–५०२२५२
विद्यापीठको इमेलः infokalika@nsu.edu.np