नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

केन्द्रीय आयुर्वेद विद्यापीठ (क्याम्पस), दाङ

लुम्विनी प्रदेश अन्तर्गत दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका अन्तर्गतको बेलझुण्डीमा अवस्थित केन्द्रीय आयुर्वेद विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा आदि विषयहरुमा उच्च तहको अध्ययन गराई दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ २०६७ सालमा आयुर्वेद अध्ययन संस्थानको स्थापना पछि दाङको जनता विद्यापीठ परिसरमा केन्द्रीय आयुर्वेद विद्यापीठको स्थापना भएको हो । यस विद्यापीठको स्थापनापछि २०७३ सालमा ने.सं.वि.को केन्द्रीय कार्यालय देखि पूर्वतिर बनाइएको १ सय ८ कोठे अत्याधुनिक सुविधासम्पन्न भवनमा सारिएको हो । अत्याधुनिक ल्याव, सुविधा सम्पन्न कक्षाकोठा भएको यो विद्यापीठ ने.सं.वि.कै गौरवका रुपमा रहेको छ । पुस्तकालयको सुविधा पनि रहेको यस विद्यापीठमा पठन पाठन हुने विषयहरु यसप्रकार रहेका छन् ः
तह                                                           विषयहरु
आयुर्वेद स्नातक (BAMS) तह                रसशास्त्र, पदार्थ विज्ञान, स्त्रीरोग, प्रसुतीतन्त्र, कायचिकित्सा, अष्टाङ्गसङ्ग्रह, आयुर्वेदको इतिहास, 
                                                        द्रव्यगुण, चरकसंहिता, स्वास्थ्यवृत्त, कौमारभृत्य, रोग विकृति विज्ञान, संस्कृत प्रथम र द्वितीय