नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न

जनता विद्यापीठ (क्याम्पस), दाङ

लुम्विनी प्रदेश अन्तर्गत दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका अन्तर्गत बिजौरीमा अवस्थित जतना विद्यापीठ ने.सं.वि.को आङ्गिक विद्यापीठ हो । जनता विद्यापीठ पूर्वीय वाङ्मयको अध्ययन अनुसन्धान गर्ने उद्देश्य अनुरुप वि.सं. १९८४ मा स्थापना भएको हो । त्यस बेला यसको नाम जनता विद्यालय रहेको थियो भने २०११ सालमा जनता महाविद्यालयको नाममा रूपान्तरण भयो । त्यसपछि २०२८ सालमा जनता क्याम्पस नाममा राखियो भने २०४३ सालमा नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा परिणत भयो त्यसपछि नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको जनता विद्यापीठका नामले सञ्चालित रहेको छ । यहाँ वि.सं. २०२४ सालमा अन्तर्राष्ट्रिय संस्कृत विद्वत् सम्मेलन सम्पन्न भएको थियोे । यो सम्मेलन नै दाङमा संस्कृत विश्वविद्यालय स्थापना गर्ने प्रमुख आधार बन्यो । जनता विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयको एकमात्र बहुमुखी विद्यापीठ हो । यहाँ संस्कृतका साथै आधुनिक विषयहरू समेत अध्ययन अध्यापन भइरहेका छन् । यस विद्यापीठमा संस्कृततर्फ शास्त्री (ब्याचलर) तहको त्यसैगरी एक वर्षे शिक्षाशास्त्री तहको पठनपाठन भइरहेका छन् भने आचार्य तहको कक्षा सञ्चालनको स्वीकृति पनि प्राप्त भएको छ । यस विद्यापीठको नाममा ५–११–१४ बिगाहा जग्गा जमिन रहेको छ भने यस विद्यापीठमा छात्रावास, तीनवटा पुस्तकालयको सुविधा पनि रहेको छ । यस विद्यापीठमा पठन पाठन हुने विषयहरु यसप्रकार रहेका छन् ः
तह                                         मूलक्षेत्र ‘क’ वर्गीय                                                                                 सहायकक्षेत्र (‘ख’ वर्गीय) 
१                                            प्राक्शास्त्री (संस्कृत ब्रिज कोर्स)                                                               निवार्य व्याकरण, अनिवार्य संस्कृत भाषा
संस्कृत शास्त्री तह (तीन वर्षे)         नव्यव्याकरण, सिद्धान्तज्योतिष, प्राचीनन्याय, नव्यन्याय, साहित्य,  धर्मशास्त्र    नेपाली, अङ्ग्रेजी, राजनीतिशास्त्र, अर्थशास्त्र, गणित
शिक्षा शास्त्री तह (एक वर्षे)         शिक्षाको आधार, शिक्षा मनोविज्ञान, शिक्षणाभ्यास                                        संस्कृत, नेपाली, सामाजिक अध्ययन, अङ्ग्रेजी, गणित